चेल्सी र आर्सनलको पहिलो लेगमा बराबरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
चेल्सी र आर्सनलको पहिलो लेगमा बराबरी

सारांश

  • इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् ।
  • बुधबार राति भएको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेको हो ।
  • चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेको हो  ।

इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । बुधबार राति भएको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेको हो  । स्टामफोर्ड ब्रिजमा बल पोजिसनमा चेल्सी अगाडी रहेपनि आर्सनलमाथी जित निकाल्न सकेन् ।

खेलमा चेल्सीले आर्सनलको पोस्टमा ६ पटक पोस्ट आक्रमण गरेको थियो भने आर्सनलले चेल्सीको पोस्टमा ३ पटक धावा बोलेको थियो ।

पहिलो लेग बराबरी भएसँगै दुवै टोलीको फाइनलमा पुग्ने सम्भावना रहेको छ । सेमिफाइनलको दोस्रो लेग आगामी जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?