टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

सारांश

  • मलेखु (धादिङ), २३ साउन ।
  • पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
  • बैरेनीबाट काठमाडाँैतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो ।

मलेखु (धादिङ), २३ साउन । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडाँैतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर दिएपछि घटनास्थलबाट भागेको र घाइते तीन जनालाई उपचारका लागि काठमाडाँै वीर अस्पताल पठाइएको छ । टिपर चालकलाई पछि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?