टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • गौशाला ।
  • महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा पछाडिबाट आएको ना ७ ख २२९३ नम्बरको टिपरले औरही गाउँपालिका–२ स्थित सडकमा ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

टिपरको ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा छोरा भुवनको काभे्रपलाञ्चोकको शिर मेमोरियल अस्पतालमा गएराति मृत्यु भएको प्रहरी उपरीक्षक लम्सालले बताए ।

त्यस्तै गम्भीर घाइते ज्ञामुको उपचार काठमाडौँस्थित बिएन्डबी अस्पतालमा भइरहेको तथा ठक्कर दिने चालक र टिपर इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
अन्तत तोडियो डा. केसीको अनसन
अन्तत तोडियो डा. केसीको अनसन
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
१५ वर्ष अघि ज्ञानेन्द्रले कु गर्दाको सम्बोधन पढ्नुस, कस्तो थियो ?
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर

तपाईंले छुटाउनुभयो कि?