टिमवर्कबाट कसरी निस्कियो ‘आइ लव यू’ गीत ?
सारांश
- एभिन्यूज टेलिभिजनमा क्यामेरा पर्सनको रुपमा काम गर्दै आएका प्रभात थापा गीत लेख्न, संगीत भर्न र गाउन पनि रुची राख्छन् ।
- टेलिभिजनको व्यस्त जागिरे जीवनका कारण उनको गायन कलाले भने सार्वजनिकरुपमा प्रष्फुटन हुने अवसर पाउन सकिरहेको छैन ।
- त्यसैले उनले लेखेका र संगीत सिर्जना गरेका थुप्रै गीतहरुका शव्द डायरीमा र धुनहरु मोबाइल र कम्प्युटरको हार्डडिस्कमा मात्रै सिमित भइरहेका छन् ।
एभिन्यूज टेलिभिजनमा क्यामेरा पर्सनको रुपमा काम गर्दै आएका प्रभात थापा गीत लेख्न, संगीत भर्न र गाउन पनि रुची राख्छन् । टेलिभिजनको व्यस्त जागिरे जीवनका कारण उनको गायन कलाले भने सार्वजनिकरुपमा प्रष्फुटन हुने अवसर पाउन सकिरहेको छैन । त्यसैले उनले लेखेका र संगीत सिर्जना गरेका थुप्रै गीतहरुका शव्द डायरीमा र धुनहरु मोबाइल र कम्प्युटरको हार्डडिस्कमा मात्रै सिमित भइरहेका छन् । यद्यपी व्यस्त जागिरे जीवनकै बीच उनले एउटा गीत आफ्नै स्वर, शव्द र संगीतमा केही समय अघि रेकर्ड गरे ।
तर गीत रेकर्ड भएको लामो समयसम्म गीत त्यतिकै थन्किरहेको थियो । भिडियोको जमानामा गीतको अडियो मात्र सार्वजनिक गर्दा त्यसको कुनै महत्व हुँदैन थियो । तर म्यूजिक भिडियो बनाउन वातावरण नमिलिरहेको समय टेलिभिजनमै सँगै काम गर्ने साथी रुद्रसिंह थापाले भिडियो बनाउने जिम्मा लिए । त्यसपछि भिडियो बनाउने अभियानमा क्रमशः ल्हाक्पा शेर्पा र एस. बी भट्ट पनि मिसिए । सामुहिकरुपमा भिडियो निर्माण गर्न लागिरहेका उनीहरुमध्ये कसैले निर्देशनको, कसैले सम्पादन र छायांकनको र कसैले मोडलिङको जिम्मा लिए । अन्ततः सामुहिक प्रयासबाट ‘आइ लव यु’ बोलको गीतको भिडियो अहिले सार्वजनिक भएको छ ।
इटहरी, जावालखेल, चोभार र लुभु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा रुद्रसिंह थापा, सतिष थापा र सुष्मा ठकुरीले अभिनय गरेका छन् । त्यस्तै भिडियोमा एस.बी. भट्टले सम्पादन र छायांकन अनि ल्हाक्पा शेर्पाले निर्देशन गरेका छन् । ‘भ्यालेन्टाइन डे’को सन्दर्भ पारेर सार्वजनिक गरिएको गीतको भिडियोले अहिले विस्तारै दर्शकको मन जित्दै गइरहेको छ ।
प्रतिक्रिया