घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
सारांश
- काठमाडौं ।
- रुपन्देहीमा विवाहको तयारीमा रहेकी एक युवतीको हत्या भएको अवस्थामा शव फेला परेको छ।
- रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौली गाउँकै १९ बर्षिय किशोरी सबनम नाउ मुस्लिम मृत अवस्थामा खेतमा भेटिएकी हुन ।
काठमाडौं । रुपन्देहीमा विवाहको तयारीमा रहेकी एक युवतीको हत्या भएको अवस्थामा शव फेला परेको छ। रुपन्देहीको गैडहवा गाउँपालिका १ भुझौली गाउँकै १९ बर्षिय किशोरी सबनम नाउ मुस्लिम मृत अवस्थामा खेतमा भेटिएकी हुन ।
घरमा विवाहको तयारी चल्दै थियो सबनम भने बैशाख ३० गतेदेखि घरबाट हराएकी थिइन । दुई दिनसम्म हराएकी उनी विवाहको निर्णयमा असमति जनाउँदै घरबाट निस्केको हुनसक्ने प्रहरीको अनुमान छ।
दुईवटा सुरुवाल लगाएर आवश्यक सामानसमेत जोहो गरेर युवती हिडेको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुईवटा सुरुवाल, कानमा लगाउने नयाँ झुम्का छ, यी सबै हिसाबले उनी भाग्न हिडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया