क्वारेन्टाइनमा बसेका एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • नेपालगञ्ज – बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ ।
  • नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ ।
  • उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

नेपालगञ्ज – बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ ।

उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वाव लिइएको थियो । त्यसको रिपोर्ट आइसकेको छैन । पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।

भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सावधानी अपनाइएको छ । संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वाव लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वाव लिन बाँकी रहेको छ ।

मृतक युवाको शव अहिले पनि क्वारेन्टाइनमै रहेको छ । नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नेपालगञ्ज आउदै गरेको जानकारी दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?