यी हुन् प्रदेश हाँक्ने सात अनुहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
३६ पटक हेरिएको
Shares
यी हुन् प्रदेश हाँक्ने सात अनुहार

सारांश

  • काठमाडौँ ।
  • मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् ।
  • बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् ।

काठमाडौँ । मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् ।

यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् ।

बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । ६३ सांसदको समर्थनमा उहाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । बारा १ (२) बाट निर्वाचित यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त हुनुभएको छ । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गर्नुभएको थियो ।

यसैगरी कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उहाँलाई माओवादीका १३, एमालेका १०, राप्रपाका १, समाजवादीको १ गरी २५ सांसदको समर्थन रहेको हो । योसँगै शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुनुभएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । एमाले संसदीय दलको नेता समेत रहनुभएका रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । उहाँलाई आइतबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।

यसैगरी बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको छ । उहाँ सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । जम्कट्टेलले सोमबार शपथसहित तीन सदस्यीय मन्त्रिमण्डल समेत गठन गर्नुभएको छ । जम्कट्टेललाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदले समर्थन गर्नुभएको छ ।

यसैगरी गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी सोमबार मुख्यमन्त्री बन्नुभएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । अधिकारीलाई प्रदेशका ३३ सांसदको समर्थन छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्नेमा अघिकारीलाई ३३ सांसदको समर्थन रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
नगरवासी भन्छन् :  साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
नगरवासी भन्छन् : साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत
निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
Realistic Mail Buy Brides: A well known Fact About Mail Purchase Brides
मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने
मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता
गुण्डागर्दी निस्तेज पार्न काभ्रे प्रहरीले बढायो सतर्कता