झापाको सीमावर्ती क्षेत्रमा कुकुरसहित निगरानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
झापाको सीमावर्ती क्षेत्रमा कुकुरसहित निगरानी

सारांश

  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापाको सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ ।
  • भारतको विहार तथा बंगला राज्यसंग जोडिएको खुल्ला सिमानाहरुमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • झापा प्रहरी प्रशासनले चुनावी सुरक्षाको लागि नयाँ रणनीति समेत बनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापाको सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ । भारतको विहार तथा बंगला राज्यसंग जोडिएको खुल्ला सिमानाहरुमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरी प्रशासनले चुनावी सुरक्षाको लागि नयाँ रणनीति समेत बनाएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट भित्रिन सक्ने वारुद जन्य बिष्फोटक पदार्थ, हातहतियार, लागुऔषधका लागि छुटै निगरानी बढाइएको छ । झापाको पूर्व नाका काकँडभिट्टामा नेपाली प्रहरी डग मिसन सुरु गरेको छ । सीमावर्ती क्षेत्रबाट आवतजावत गरिने सर्वसाधरण, सवारीसाधन, सरसामानको चेकजाँच प्रहरीले कुकुर परिचालन गरि रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको डग शाखाबाट प्रहरी नायव निरीक्षक दयानन्द श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले नाकामा कुकुर मार्फत निगरानी थालेको हो । भारतबाट कुनै समयमा पनि विष्फोट पदार्थ, हातहतियार भित्रिन सक्ने भन्दै विशेष निगरानीका बढाइएको इलाका प्रहरी कार्यालय काकँरभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन अवधिभर काकँडभिट्टा नाकामा कुकुरसहितको प्रहरी नियमित परिचालन गरिने उनले बताए । यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीले काकँडभिट्टासहित जिल्लाका प्रत्येक सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउन सम्बन्धित इलाका, वडा, सीमा र प्रहरी चौकीका इञ्चार्जहरुलाई निर्देशन दिइसकेको बताए । साथै नेपाल प्रहरीले भारतीय प्रहरी र एसएसबीसंग सहकार्य गरि सीमा सुरक्षालाई दुरुस्त बनाउन आदेश दिइसकेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना
कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना
ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने
ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे:  सन्दीप लामिछाने
अाइपिएलकाे मेराे यात्रा अविष्मरणीय रह्याे: सन्दीप लामिछाने
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज

तपाईंले छुटाउनुभयो कि?