के कारणले आउँछ डन्डीफोर रु जोगिने कसरी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
के कारणले आउँछ डन्डीफोर रु जोगिने कसरी ?

सारांश

  • उफ् !
  •   डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् ।
  • टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् ।

उफ् !  डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर रु के कारणले आउँछ डन्डीफोर रु जोगिने कसरी ? जानिराख्नुहोस् :
छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरूप सुरुमा हल्का दाग–धब्बाजस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौँका छिद्र पनि चौडा हुन थाल्छन् ।

बिस्तारै दाग गाढा हुन थाल्छ । यसले रौँको छिद्र बन्द गरिदिएपछि छिद्रकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलाई ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यही भागमा बिस्तारै डन्डिफोर बन्छ ।

  • डन्डिफोर आउने कारण
    –हर्मोनमा परिवर्तन तथा खराबी ।
    –अनियमित महिनावारी ।
    –खराब खानपान ।
    –तनाव र अनिद्रा ।
    –उत्तेजना, क्रोध र भय ।
    –शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।
    –लामो समयसम्म कब्जियत ।
  • यसो गरे राम्रो
  • -अनुहार हरदम सफा राख्ने, किनेभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस्
  • -सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।
  • -डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु  नै ठीक हुन्छ ।
  • -निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप  आउन पनि रोक्छ ।
  • -राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
रोजगारीका लागी श्रीमान भारत पुगेका श्रीमतीहरुको अनुरोध
रोजगारीका लागी श्रीमान भारत पुगेका श्रीमतीहरुको अनुरोध
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
कार्यक्रम तथा बजेटलाई प्रभाबकारी रुपमा कार्यान्वायन गर्ने प्रदेश सरकारले नीति !
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
विद्यालयको भवन जीर्ण हुँदा समस्या
विद्यालयको भवन जीर्ण हुँदा समस्या
रिपोटर्स क्लबको २४ औँ वार्षिकोत्समा विभिन्न व्यक्तिहरु सम्मानित
रिपोटर्स क्लबको २४ औँ वार्षिकोत्समा विभिन्न व्यक्तिहरु सम्मानित
सत्ता गठबन्धनको बन्यो यस्तो सहमति
सत्ता गठबन्धनको बन्यो यस्तो सहमति
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने

तपाईंले छुटाउनुभयो कि?