नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह

सारांश

  • सुर्खेत।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन्।
  • उनले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गरे।

सुर्खेत। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन्। उनले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गरे। आइतबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताए । उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लािग पार्टी्भित्रको संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्ने उल्लेख गरे।

गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएको हुँदा नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने र त्यही अनुसार परिवर्तन गर्नुपर्ने जनाए। उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए।
यसैगरी उनले संसदमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे। दुई तिहाईको सरकारले गरेको मनपरी र अधिनायकवाद शैलीको कदमको सशक्त प्रतिकार गर्दै आएको बताउनुभयो । ओली सरकारले एक पछि अर्को गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै नेता सिंहले त्यसका विरुद्ध कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको उल्लेख गरे।

कांग्रेसले नै संविधान जारी गरेको हुँदा त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको भन्दै उनले संविधानमाथि धावा बोल्नेका विरुद्ध कांग्रेस जाइलाग्ने बताए। कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, पूर्व मन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्व सभापति गोविन्दबहादुर मल्लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?