पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पशुपतिमा धर्मशाला- दुई देशलाई जोड्ने पुल : प्रम ओली

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताएका छन् ।
  • प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार साँझ संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरे ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताएका छन् । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार साँझ संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरे ।

भारत सरकारको सहयोगमा बनेको धर्मशालाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनमा धर्मशाला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “पशुपतिनाथलाई देखिने र बुझ्ने गरी पवित्र धार्मिक स्थलका रुपमा विकास गर्नुपर्छ, स्नान गर्न सकिने गरी वागमतीलाई सफा बनाइनुपर्छ । ज्ञान, दर्शन र सभ्यताको उद्गमस्थल भएकाले पनि यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छ । अब यसको पुनर्जागरण गर्नुपर्छ ।” समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूर्वीय दर्शनको ‘सर्वे भवन्तु सुखिनः’ को भावनाअनुसार नै गर्न लागिएको बताए ।

कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले धर्मशाला दुई देशका जनता जनताबीच सम्बन्ध बढाउने माध्यम बन्ने विश्वास व्यक्त गरे । “विश्वमा शिवभक्त जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र लुम्बिनीले नेपालको विविधतामा एकता ल्याई प्रतिनिधित्व गर्छ, धर्मशालाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्नेछ”, मोदीले भने ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
गुण्डा नाइकेहरु सलबलाएपछि पूर्व–पिएलएहरुको टोली परिचालन
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले आगाडि !
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
… अनि बच्चालाई के गर्ने नि ?
… अनि बच्चालाई के गर्ने नि ?
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने सोचमा सिटौला
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित