कानुन व्यवसायी आज नेतृत्व चुन्दै
सारांश
- काठमाडौंँ।
- देशभरिका कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि शनिबार मतदान हुँदैछ।
- विधिको शासन र मानव अधिकारको रक्षा गर्दै लोकतन्त्र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्रयाउँदै आएको नेपाल बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्दैछ।
काठमाडौंँ। देशभरिका कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि शनिबार मतदान हुँदैछ। विधिको शासन र मानव अधिकारको रक्षा गर्दै लोकतन्त्र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्रयाउँदै आएको नेपाल बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्दैछ।
नेपाल बारको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको बताउँदै निर्वाचन समितिका संयोजक दामोदर खडकाले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने दाबी गरे।
वि.सं. २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ ।
वि.सं. २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ ।
देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो । स्थापना भएपछि नागरिकको सवैंधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता सङ्गठन बारले आन्दोलन गर्दै आएको छ ।
देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् । तीन दशकअघिसम्म थोरै सङ्ख्यामा रहँदा बार नेतृत्वले बोलेको गम्भीरतापूर्वक लिने न्यायालयले पछिल्ला वर्षहरूमा बारको निर्णय सुन्नै छोड्नुको कतिपय कानुन व्यवसायीका भनाइ छ । त्यसको प्रमुख कारण दलीय आस्थाको आधारमा बारमा आबद्ध कानुन व्यवसायीको विभाजन रहेको वरिष्ठ अधिवक्ता केसी दाबी छ।
काठमाडौं उपत्यकाभित्र सर्बोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र रहने छ। २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन—तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी काठमाडाैं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा मतपत्र, मतदाता नामाबली, निर्वाचन आचारसहिंता, स्थानीय मतदान समितिका प्रतिनिधिको विवरण पठाइसकिएको छ। बार एसोसिएसनको मतदानको लागि १९६ मतदाताले मतदान केन्द्र स्थानान्तरण गराएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया