ट्रकले ३१ वटा कारलाई ठक्कर दिएपछि १५ को मृत्यु
सारांश
- चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ ।
- चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरू ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
- लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ वटा कारलाई ठक्कर दिएको थियो ।
चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरू ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ वटा कारलाई ठक्कर दिएको थियो ।
घाइतेमध्ये दशजनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रहरीले ट्रकचालकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिसकेको बताएको छ । चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । अधिकारीहरूका अनुसार सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो । अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेको बताइएको छ ।
प्रतिक्रिया