डेङ्गु परीक्षण गर्न ३३१ कीट
सारांश
- हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।
- जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गर्नुभयो ।
- उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गर्नुभयो । उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो । नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको प्रमुख महतले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, हेटौँडा अस्पताल पनि प्रदेश सरकार मातहत भए पनि आफूहरुले नगरवासीको हितका लागि डेङ्गु कीट सहयोग गरिएको प्रमुख महतले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया