कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

सारांश

  • काठमाडौं २५ साउन ।
  • राज्यका झै विशेषधिकार खारेज गरिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ ।
  • राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।

काठमाडौं २५ साउन । राज्यका झै विशेषधिकार खारेज गरिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।

पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?