जुवाको अखडा बन्दै सरकारी कार्यालय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
जुवाको अखडा बन्दै सरकारी कार्यालय

सारांश

  • काठमाडौं, १३ वैशाख ।
  •   जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन् ।
  • कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो ।

काठमाडौं, १३ वैशाख ।  जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन् । कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो ।

भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको विश्व इतिहास, जापान, चीनलगायत भूकम्पीय जोखिम मुलुकले अपनाएका सावधानीलगायत विषयमा प्रस्तुति दिइरहेका थिए ।

त्यही बेला भवनको अर्को कोठामा भने फरकखाले जमघट थियो । कर्मचारीहरू दिउँसै खाल थापेर तास खेलिरहेका थिए । कोठाको दक्षिणपट्टि पाँच र उत्तरपट्टि नौ जना थिए । सुरुमा हजारको नोट राखेर चार जना तासमा बाजी मारिरहेका थिए । छिनमै एक जना थपिए । तीन कर्मचारी त कार्यालय पोशाकमै थिए ।

एकछिनपछि त्यही कोठामा एक जना कर्मचारी चुरोट तान्दै आए। पर्सबाट पैसा निकाले, अनि तासको खालमा बसे । अनि भने, ‘हिजोअस्ति पैसा हारेको हारै भयो । आज जित्ने पालो मेरो ।’ उनीहरू बेला बेलामा अश्लील शब्द पनि प्रयोग गर्थे ।

हिसाब नमिल्दो हो कहिलेकहिं ठुल्ठुलो स्वरले कराउँथे । त्यतिकैमा एक जना कोट लगाएका कर्मचारी तास खेलिरहेको कोठामा आए। उनले पनि बाजी थापेर खेलेका थिए ।

एक जना कर्मचारीले फोन आएको छ भनेर तास खेलिरहेकालाई मोबाइल दिए । त्यसपछि मोबाइल लिने ति कर्मचारीले तास खेलिरहेका साथीहरूलाई इसारामा चुप लाग्न भने। अनि थपे, ‘तपाई कहाँ हुनुहुन्छ । म गाडी लिएर आउछु भनी फोन राखे ।’

त्यसपछि पुनःतास खेल्नमै व्यस्त भए । बेला बेलामा फोन बजिरहन्थ्यो । कसैलाई मतलव थिएन । सबै खेल्न व्यस्त थिए। एक जना कर्मचारीसँग तास खेलेको बारेमा बुझ्दा कार्यालय भवनमा प्रायः तास चलिरहने सुनाए। उनले थपे, ‘दिनहुँजसो खेल चल्छ।’

जुवा ऐन अनुसार कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न पाइँदैन। आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्न वा खेलाउने काममा र जुवा खेलेको ठाउँमा बस्न नहुने कानुनी व्यवस्था छ।

सिंचाइ विभागका उपमहानिर्देशक दानरत्न शाक्यले तास खेल्ने कर्मचारीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गरिने बताए। ‘कार्यालयमा तास खेलेर अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाही हुन्छ’ उनले भने, ‘विभागमा यस्तो विकृति हटाइनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?