विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • काठमाडौं।
  • सांसदहरुले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • आइतबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गगन थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण गराए।

काठमाडौं। सांसदहरुले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गगन थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण गराए। विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दै उनले “नियमको कार्यान्वयन किन नभएको?” भन्दै सभामुखलाई प्रश्न गरे। त्यस्तै शून्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सद अमृता देवी अग्रहरीले कपिल वस्तुमा किसानले मलखाद र पानीको ठूलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिँचाईको तत्काल व्यवस्था गर्न माग गरिन्। उनले यसबारे पटक पटक कुरा उठाउदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दै कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराइन्। सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्रनिर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको ध्यानाकर्षण गराए।

सांसद खगराज अधिकारीले कालीगण्डकीको डाइभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भन्दै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1xBet официальный сайт регистрация и вход в личный кабинет 1хБе
पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध
पानीपुरी  र चटपट्टे व्यापार गर्न प्रतिबन्ध
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
प्रधानमन्त्री मोदीद्वारा आन्दोलनकारीलाई शान्त रहन आग्रह
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल
प्रदेशसभा बैठकमा बजेट विनियोजनसम्बन्धी प्रस्ताव टेबुल

तपाईंले छुटाउनुभयो कि?