ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा

सारांश

  • वासिंगटन ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा नशालु पदार्थको उत्पादन या तस्करी गर्ने देशको सूची सार्वजनिक गरेका छन् ।
  • उनले सार्वजनिक गरेको सो सूचीमा भारतसहित २१ देश रहेका छन्, राजधानी दैनिकमा खबर छ ।

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा नशालु पदार्थको उत्पादन या तस्करी गर्ने देशको सूची सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सो सूचीमा भारतसहित २१ देश रहेका छन्, राजधानी दैनिकमा खबर छ ।

लागूऔषधको उत्पादन तथा तस्करी गर्ने देशको सूचीमा दक्षिण एसियाका भारतसहित पाकिस्तान र अफगानिस्तान सामेल छन् । यसैगरी अर्को एसियाली देश म्यानमार समेत सो सूचीमा रहेको छ ।

ट्रम्पले जारी गरेको सो सूचीमा बहामा, बेलिज, बोलिभिया, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इकवेडर, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भियतनाम समेत रहेका छन् ।

ट्रम्पले भनेका छन्, ‘यो सूचीमा सामेल कुनै पनि देशका सरकारले नशालु पदार्थविरोधी प्रयास र अमेरिकालाई सहयोग नगरेको भन्ने अर्थ राख्दैन ।’ उनले यो सूचीमा सामेल रहेका कुनै पनि देशलाई राख्नुको मुख्य कारण भौगोलिक, वाणिज्यिक र आर्थिक कारण रहेको र सोही कारण तस्करी र उत्पादन हुने गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
राष्ट्रपतिले गरेको सम्बोधन संशोधन गर्न माग !
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
४०० केभी प्रसारण लाइन निर्माणमा सामुदायिक वन बाधक  !
४०० केभी प्रसारण लाइन निर्माणमा सामुदायिक वन बाधक !
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति

तपाईंले छुटाउनुभयो कि?