फेरी मधेसी मोर्चाको बन्द:जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
४३३ पटक हेरिएको
Shares
फेरी मधेसी मोर्चाको बन्द:जनजीवन प्रभावित

सारांश

  • स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
  • बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् ।
  • भैरहवास्थित अनलाइनखबरकर्मी सलमान खानका अनुसार बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् ।

स्थानिय तहको निर्वाचन घोषणाको विरोध गर्दै मधेसी मोर्चाले आहृवान गरेको बन्दका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका ठूला सवारी साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना पनि ठप्प छन् ।


भैरहवास्थित अनलाइनखबरकर्मी सलमान खानका अनुसार बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु नाकामा अलपत्र परेका छन् । बन्दकर्ताहरु भैरहवाको बुद्धचोकमा जम्मा रहेको कारण ठूला सवारी साधन चल्न सकेका छैनन् ।

बैंक, वित्तिय संस्था, उद्योग कलकारखाना बन्द छन् । तर, बन्दकर्ताले मोटरसाइकल चलाउन छुट दिएका छन् ।

यसैगरी राजविराजस्थित अनलाइनखबरकर्मी एसके शानका अनुसार सप्तरीमा पनि बन्दको प्रभाव देखिएको छ । पूर्व-पश्चिम राजमार्गमा समेत गाडी चलेका छैनन् । मोटरसाइकल भने चलेका छन् ।

राजविराजमा मधेसी मोर्चा आवद्ध दलका कार्यकर्ताको उपस्थिति देखिएको छ तर, सडकमा भने खासै बन्दकर्ता छैनन् ।

मधेसी मोर्चा सप्तरीले विज्ञप्ति निकालेर एम्बुलेन्स, विवाहका गाडी साथै दूध बोक्ने गाडी चल्न दिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?