सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४० पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले सुन तस्करीको गहिरो छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।
  • साथै संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालले सुन तस्करीको गहिरो छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । साथै संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुमा गृहमन्त्रीमाथि प्रश्न उठेको भन्दै उनको राजीनामाको माग राखी संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको हो ।

संघले पछिल्लोपटक एक सय ५५ केजी तस्करीको सुन पक्राउसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करहरूले सरकारको सुरक्षाघेरा पार गरेर सुन तस्करी गरिरहेको तथ्य उद्घाटित हुँदा गृह प्रशासनको कमजोरी छताछुल्ल भएको संघको आरोप लगाएको छ ।

संघका उपाध्यक्ष कृष्णहरि केसी र अमित लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा युवाहरूले विभिन्न नारा लगाएका थिए ।

(colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?