नेपालकी मोडल अन्जली अब हलिउड चलचित्रमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १६, २०७७
|
|
१८ पटक हेरिएको
Shares
नेपालकी मोडल अन्जली अब हलिउड चलचित्रमा

सारांश

  • नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा देखिँदैछिन् ।
  • उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेकी हुन् ।
  • समाचारमा उल्लेख गरे अनुसार अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्ने भएकी छिन् ।

नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा देखिँदैछिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेकी हुन् । समाचारमा उल्लेख गरे अनुसार अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्ने भएकी छिन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी छिन् ।

चलचित्रमा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ । नेपालकी ट्रान्सजेन्डर अन्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छिन् । यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ । यो चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिने डेडलाइनले उल्लेख गरेको छ ।

जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ ।

यो चलचित्रमा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ । चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ । चलचित्रका सबै कलाकार महिला हुनेछन् ।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?