प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने

सारांश

  • काठमाडौं।
  • अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलको प्रस्ताव गरेका छन् ।
  • शुक्रबार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमको परिधिमा रही बजेट ल्याउन लागेको बताएका छन्।
काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलको प्रस्ताव गरेका छन् । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमको परिधिमा रही बजेट ल्याउन लागेको बताएका छन्। 
अर्थमन्त्री खतिवडाले तयार पारको सो प्रस्तावमाथि यही बैशाख २९ र ३० गतेदेखि अर्थात् आईतबार र सोमबार छलफल हुने जानकारी सभामुख कृष्णबहादुर महराले जनाएका छन् । गत मंगलबार मात्रै सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफल सकिएको थियो । 
प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम राजश्व र व्ययका वार्षिक अनुमान सभामा प्रस्तुत हुनु भन्दा १५ दिन अगावै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा (कर प्रस्ताव बाहेक) संसदमा छलफल भईसक्नु पर्ने उल्लेख छ । नेपालको संविधानमा उल्लेख भए अनुसार सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गर्नै पर्ने भएकोले त्यसको १५ दिन अघि हुनेगरी सोमबार यसमाथिको छलफल सम्पन्न गर्न लागिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
चितवन प्रहरी प्रमुखमा सुशील राठौर !
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ :- कमल थापा
कुवेतमा २५ नेपाली अलपत्र
कुवेतमा २५ नेपाली अलपत्र
गगनले भने अनुसार कार्वाही होला कांग्रेसभित्र!
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !

तपाईंले छुटाउनुभयो कि?