पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०८१
|
|
१९ पटक हेरिएको
Shares
पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

सारांश

  • महोत्तरी।
  • महोत्तरीमा विद्युत प्राधिकरणले पटक पटक लाइन काटेपछि आन्दोलित भएका छन् ।
  • पटक पटक लाइन काट्ने र लाइन दिएतापनी कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

महोत्तरी। महोत्तरीमा विद्युत प्राधिकरणले पटक पटक लाइन काटेपछि आन्दोलित भएका छन् ।

पटक पटक लाइन काट्ने र लाइन दिएतापनी कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरूले पूर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

स्थानीयको समेत सहभागितामा भएको चक्काजाममा विद्युत प्राधिकरणले नियतवश लाइन अवरुद्ध बनाएपछि प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरूले बताए । व्यापारीहरूले शनिवार यो विषयमा उद्योग वाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए ।

व्यापारीहरूको मागमा ऐक्यबद्धता जनाएको जनाउँदै उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडकाले यसको सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता विद्युत प्राधिकरण औरही प्रसारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए । `नियतवश: हामीले लाइन काटेका हैनौ । ढल्केवर प्रसारण लाइनबाट पुर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौ ।´ प्रमुख झाले भने । `हामी सर्वसाधारण र व्यापारीहरूको गुनासोमा गम्भीर छौ ।´

विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रस्ट बनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?