गाउँको मुहार फेर्दै पूर्वसैनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • सुरुङ्गा, झापा, २४ माघ, बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो ।
  • राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो ।
  • राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ ।

सुरुङ्गा, झापा, २४ माघ, बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो ।

राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ । उहाँको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै पहिचान हुनुको पछाडि उहाँको विगतको पेशागत संलग्नताको प्रमुख भूमिका रहेको छ ।

बाह्रदशी–३ का राजवंशी भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्नुभएका उहाँ २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न हुनुभयो । त्यसको केही समयपछि उहाँ तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिनुभयो ।

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उहाँले पूर्व राजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिनुभयो । विसं २०५५ मा सूर्यविनायकमा उहाँको सरुवा भएपछि दरबारबाट बाहिरिनुभएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गर्नुभयो ।

विगतको अनुभवले गाउँमा अहिले उहाँको बेग्लै पहिचान कायम भएको हो । योसँगै उहाँले राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गर्नुभयोे । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उहाँ त्यस क्षेत्रमा मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ ।

नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किनुभएका उहाँ अहिले गाउँलेको सेवामा सर्मपित हुनुहुन्छ । पन्ध्र वर्षसम्म सेनामा जागिरे जीवन बिताउनुभएका राजवंशीका लागि समाज सेवा नौलो थियो । सेनामा जागिरे हुँदा कालीबक्स गणअन्तर्गतको इञ्जिनियरिङ गणमा कार्यरत रहँदा धुन्चेदेखि सोमदाङसम्मको १०५ किलोमिटर सडक निर्माण र नौ महिनासम्म शैन्य तालीम केन्द्रमा रहँदा त्रिशूलीको सडक निर्माण गरेको सम्झदै उहाँले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गर्नुभयो । अन्ततः उहाँ आफ्नै गाउँको मुहार फेर्न लागि पर्नुभएको छ ।

राजवंशीको अहिले पनि पहिलो काम विकास नै हो । उहाँ हरदम हर समय विकास निर्माणका काममा केन्द्रित रहनुहुन्छ । राजवंशीले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको पाँच वर्षसम्म अध्यक्ष पदमा रहेर काम गर्नुभयो । विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिनुभएका उहाँ अन्तत सफल भएरै छाड्नुभयो ।

राजवंशीको अहिलेको पहिलो प्राथमिकतामा छ सडक निर्माण । सडक निर्माणसँगै विद्युतीकरण, सिँचाइको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यावसायिक कृषि प्रणालीमा लागेर आत्मनिर्भर बनाउनु नै हो । जंगली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उहाँ अहिले अलमलमा पर्नुभएको छ । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ राजवंशीलाई ।

राजवंशी सबैका साझा नेता हुनुहुन्छ । दलगत स्वार्थभन्दा माथि उठेर उहाँले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग मिलेर वडा नम्बर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सार्नुभएको छ । गाउँपालिकाले सो कार्यका लागि रु एक करोड १० लाख बजेट विनियोजन गरेको छ ।

“राजगढ बजारलाई व्यवस्थित गर्न डिपीआर तयार भइरहेको छ,” उहाँले भन्नुभयो । रु १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाइ आयोजना तथा रु १६ करोडको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा छ । एउटा आर्थिक वर्षमा झण्डै रु ३० करोड बजेट एउटै वडामा भित्र्याएर विकास निर्माणका लागि देखाएको तदारुकताका कारण राजवंशी अहिले सबैका साझा नेता बन्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
मुख्यमन्त्री गुरुङद्वारा शहीद दिवसको शुभकामना
आलम सांसद पदबाट निलम्वित
आलम सांसद पदबाट निलम्वित
प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार
सुनको मूल्य लाख नजीक, तोलाको ९८ हजार दुई सयमा कारोबार
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा

तपाईंले छुटाउनुभयो कि?