दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !

सारांश

  • काठमाडाैं, माघ २८ ।
  • दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् ।
  • तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् ।

काठमाडाैं, माघ २८ । दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् । तीजडाँडास्थित चामुण्डा हिमालय आधारभूत विद्यालयका विद्यार्थीले दलितले पकाएको खाजा खाँदैनौं भन्दै क्यान्टिनमा तालाबन्दी गरेका हुन् ।

अाजको नागरिक दैनिकमा खबर छ-घरमा अभिभावकले दलितले पकाएको खाए दाँत झर्छ भनेका कारण ती बालबालिकाले खाजा खान नमानेको शिक्षकहरु बताउँछन् ।

बिहीबार मध्याह्न १२ बजेतिर खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाँदैनौं भन्दै भान्साकोठामा ताला लगाएको खाजा पकाउने सहयोगी निर्मला नेपालीले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?