विद्यार्थीसँग कानूनमन्त्री, घरदैलोमा सरकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
विद्यार्थीसँग कानूनमन्त्री, घरदैलोमा सरकार

सारांश

  • सुर्खेत, २३ फागुन, प्रदेश सरकारका गृहमन्त्री विद्यालयमा आउँदैछन् भन्ने खबरले त्रिवेणी संगम मावि चुप्रा दैलेखकी कक्षा १० मा अध्ययनरत छात्रा अनिता लामालाई त्यति पत्यार लागेको थिएन ।
  • सरकारमा पुगेका धेरै पदाधिकारीले यसअघि आउँछु भनेर कार्यक्रम रद्द गर्ने गरेकाले पनि उनलाई पत्यार नलागेको रहेछ ।
  • यद्यपि मंगलबार विद्यालय प्राङ्गणमै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पुगेपछि अनितामात्र होइन, सो विद्यालयमा अध्ययनरत छ सय विद्यार्थीहरू दङ्ग परे ।

सुर्खेत, २३ फागुन, प्रदेश सरकारका गृहमन्त्री विद्यालयमा आउँदैछन् भन्ने खबरले त्रिवेणी संगम मावि चुप्रा दैलेखकी कक्षा १० मा अध्ययनरत छात्रा अनिता लामालाई त्यति पत्यार लागेको थिएन । सरकारमा पुगेका धेरै पदाधिकारीले यसअघि आउँछु भनेर कार्यक्रम रद्द गर्ने गरेकाले पनि उनलाई पत्यार नलागेको रहेछ ।

यद्यपि मंगलबार विद्यालय प्राङ्गणमै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी पुगेपछि अनितामात्र होइन, सो विद्यालयमा अध्ययनरत छ सय विद्यार्थीहरू दङ्ग परे । खबरभन्दा मन्त्री पहिला आइपुगेको भन्दै विद्यालय परिवार र समुदायका नागरिकले मन्त्रीलाई बधाई दिएर सामाजिक अपराध नियन्त्रण गर्न आग्रह गरे ।

“प्रदेश सरकार घरदैलोमा पुगेकोमा हामी खुशी छौं । यसले हाम्रा समस्या सम्बोधन हुनेछन्” स्थानीय ओम पराजुलीले भन्नुभयो । उहाँले मन्त्रीसमक्ष छुई प्रथाले परिवार तथा समाजमा पैदा भएको अशान्तिलाई हटाउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यसैबीच विद्यार्थी र कानूनमन्त्रीबीच “समृद्धिका लागि सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा” भन्ने नारासहित प्रदेश सरकारले थालेको सुरक्षा अभियानका विषयमा अन्तरक्रिया भयो । कार्यक्रममा सहभागी विद्यार्थीले कानूनमन्त्री भण्डारीसँगै भने, “विद्यालयमा बार नहुँदा पढ्ने समयमा जोसुकै भित्र प्रवेश गरेर जिस्काउने, जे पायो त्यही बोल्ने कुराले पढ्ने वातावरण छैन । यसका लागि तारबारको व्यवस्था मिलाई दिनुप¥यो ।”

छात्राहरूले विद्यालयमा तारबार र छात्रा शौचालय नहुँदा आफूहरू असुरक्षित भएको पीडा पोखे । सो अवसरमा मन्त्री भण्डारीले मुलुक विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले सबैभन्दा बढी लगानी विद्यार्थी र विद्यालयमा गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा थुपै अपराधको स्रोत मादक पदार्थ बन्दै गएको भन्दै उहाँले यसको न्यूनीकरण पहिलो शर्त रहेको बताउनुभयो ।

“शान्ति क्षेत्रमा परिभाषित विद्यालयलाई सुरक्षित बनाउन आन्तरिक मामिला मन्त्रालयले ४० बुँदे सुरक्षा योजना सार्वजनिक गरिसकेको र यो प्रदेशका १० वटै जिल्लाका २१६ वटा प्रहरी इकाइबाट फागुन १९ गतेदेखि एकैसाथ योजना लागू गरिएको छ,” उहाँले भन्नुभयो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले मन्त्रालयले यो प्रदेशका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सार्वजनिक गरिएका सुरक्षा योजना लागू गरिसकेको जानकारी दिनुभयो ।

जिपिएस सिस्टम लागु भएको जनाउँदै उहाँले अब महिनामा एक पटक विद्यालयमा सुरक्षा कक्षा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ