नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण

सारांश

  • काठमाडौँ, २५ माघ ,नागार्जुन नगरपालिकामा एक हजार ३५५ घर पुनःनिर्माण भएको छ ।
  • विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका पाँच हजार भन्दा बढी घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।
  • नगरपालिकाका प्रवक्ता थुमराज केसीले भूकम्पले क्षति पु¥याएका पाँच हजार घरमध्ये चार हजार १०६ घरपरिवारले पहिलो किस्ता र झण्डै दुई हजार परिवारले दोस्रो किस्ता लिएको जानकारी दिनुभयो ।

काठमाडौँ, २५ माघ ,नागार्जुन नगरपालिकामा एक हजार ३५५ घर पुनःनिर्माण भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका पाँच हजार भन्दा बढी घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता थुमराज केसीले भूकम्पले क्षति पु¥याएका पाँच हजार घरमध्ये चार हजार १०६ घरपरिवारले पहिलो किस्ता र झण्डै दुई हजार परिवारले दोस्रो किस्ता लिएको जानकारी दिनुभयो ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एकलाख प्रदान गर्दै आएको छ ।

नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको जानकारी दिनुभयो । “घरको क्षतिलाई हेरेर वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र १६ हजार ७४६ घरधुरी र ६७ हजार ४२० जनसङ्ख्या रहेको छ ।”

यस्तै घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि टिम्बर कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको हो ।

जबरर्जस्ती करणी गर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त कालिमाटीले जबरजस्ती करणी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने रामेछापका ३८ वर्षीय लीलाबहादुर कार्कीलाई विहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ कार्कीले सर्लाही घर भएकी १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेका थिए । उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने वृत्तले जनाएको छ ।

आगालागीबाट ४० लाखको क्षति

क्षेत्रपाटीमा आगालागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ । क्षेत्रपाटी न्हेखास्थित बारा घर भएका देवेन्द्रकुमार खनालले सञ्चालन गरेको विप सर्जिकल पसलमा आज बिहान आगालागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
प्रम ओलीको डायलासिस
प्रम ओलीको डायलासिस
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
भारतको स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !
सिक्किम नेपाल जोड्ने पहिलो सडक निर्माण हुँदै !