पत्रकार महासङ्घको नेतृत्व चयन आज : कसले बाजी मार्ला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पत्रकार महासङ्घको नेतृत्व चयन आज : कसले बाजी मार्ला ?

सारांश

  • काठमाडौं ।
  •   नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि सोमबार (आज) निर्वाचन हुने भएको छ ।
  • व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौँमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

काठमाडौं ।  नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि सोमबार (आज) निर्वाचन हुने भएको छ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौँमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

सोमबार बिहान ९ बजेदेखि हुने मतदानका लागि आइतबार नै उम्मेदवारी दर्ता भएका छन् । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये तीन जनाले फिर्ता लिएको र एक जनाको मापदण्ड नपुगेकाले ११७ जना कायम भएको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी खनालले बताउनुभयो ।

अध्यक्ष पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोख्रेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ । महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्ष समावेशी एक पदका लागि दिलीप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ ।

महासङ्घ विधानअनुसार समावेशी उपाध्यक्ष एक, महासचिव एक र छजना सचिव रहने व्यवस्था छ ।

छ सचिव पदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित एसोसिएट गेरर समावेशी बनाइएको छ । त्यस्तै कोषाध्यक्ष एकसहित ११ पदाधिकारी रहने व्यवस्था महासङ्घ विधानमा छ ।

महासङ्घले भौगोलिक र गैरभौगोलिक गरी प्रत्येक प्रदेशबाट दुई–दुई गरी २० जना, खुलातर्फबाट पाँच जना, महिलामध्येबाट तीन जना, दलितमध्येबाट दुई जना, आदिवासी जनजातिमध्येबाट दुई जना, मधेसी मध्येबाट दुई जना, अपाङ्गता भएका व्यक्तिबाट एक जना, अल्पसङ्ख्यकबाट एक गरी ३६ जना चयन गर्ने व्यवस्था विधानमा छ । सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले यसरी जोगाए किल्ला
देउवाले यसरी जोगाए किल्ला
Interesting Facts About Ukrainian Dating Lifestyle
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
सरकारको बद्नाम गर्नेको प्रतिवाद गर्न दाहालको अपील
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख

तपाईंले छुटाउनुभयो कि?