डाक्टरहरू पढाइमा तगडा हुन्छन्?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
डाक्टरहरू पढाइमा तगडा हुन्छन्?

सारांश

  • ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्।
  • तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।
  • तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्।

ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।

तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्। काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?