महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

सारांश

  • पथरी, मोरङ, ४ वैशाख , मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।
  • आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् ।
  • उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो ।

पथरी, मोरङ, ४ वैशाख , मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।

आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्पादन बढेका कारण मह बेच्ने ठाउँ नहँुदा समस्या भएको हो ।

स्थानीय बजारको मागभन्दा बढी उत्पादन भएपछि किसान घरमै मह भण्डारण गरी बजार खोज्न थालेको मेलीफेरा मौरीपालन सहकारी संस्था अध्यक्ष बोधराज खतिवडाको भनाइ छ । उर्लाबारी क्षेत्रमा मात्र यो मौसममा ९० क्विन्टल मह उत्पादन भएको संस्थाका अध्यक्ष खतिवडाले सुनाउनुभयो ।

किसान रमेश खड्काका अनुसार तोरी फुल्ने मौसममा भन्दा जंगली बिरुवा फुल्ने मौसममा मह बढी उत्पादन भएको छ । एक दिन अघि मह काढ्नु भएका खड्काले घरमा धान भण्डारण गरे जसरी नै मह राखेको सुनाउनुभयो । उहाँले भन्नुभयो– “मह यति धेरै उत्पादन भयो कि किनेर ल्याएका सबै भाडा भरिएर घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था छ ।”

खड्काले यो वर्ष तोरी फुलेको सिजनमा चार क्विन्टल र जंगली फूलको मौसममा दुई क्विन्टल गरी छ क्विन्टल मह उत्पादन गर्नुभएको छ । उहाँले हाल २५ घार मौरी पाल्नुभएको छ । गत वर्ष पाँच क्विन्टल मह उत्पादन गर्नुभएका खड्काले भन्नुभयो–“४ क्विन्टल बिक्री भयो । एक क्विन्टल मह मौरीलाई खुवाएर सकेँ ।”

अध्यक्ष खतिवडासँग अहिले ७० घार मौरी छन् । एक पटकमा एक घारबाट १० किलोसम्म मह उत्पादन हुने खतिवडाको भनाइ छ । अर्का किसान भोला पोख्रेलको १३ घारबाट ११४ किलो, हरि विष्टको १६ घारबाट १०८ किलो र नवीन कार्कीको १० घारबाट ८० किलो मह दुईदिन अघि मात्र काढिएको हो ।

मौरीपालन विकास शाखा, गोदावरीका प्राविधिक सहायक सुवास खनालको प्रत्यक्ष निगरानीमा मह काढेका किसान डाबर र पतञ्जलीको महको प्रयोगलाई घटाउन सरकारी स्तरबाट जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

प्राविधिक सहायक खनालका अनुसार महलाई आगोमा पकाउनु हुँदैन, तर बहुराष्ट्रिय कम्पनीको मह ८० डिग्री तापक्रममा उमालेको हुन्छ । त्यसैले, सबै फूलबाट प्राप्त मह एकै रङको हुने हुन्छ । हरेक वनस्पतिअनुसार महको पनि फरक स्वाद र रङ हुने हुनाले स्वदेशी महको प्रयोग उपयोगी हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता
अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित