समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
समयमै डीभी भर्न अमेरिकाको आग्रह, पासपोर्ट बनाउनेको संख्या बृद्धि

सारांश

  • राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ ।
  • सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ ।
  • दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको छ ।

राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । सोमबार आवेदन दिनेको संख्या झण्डै ३ हजार पुगको राहदानी विभागले जनाएको छ । दैनिक बढीमा ५ सय आवेदन पर्दै आएकोमा केही दिन यता राहदानी बनाउनेको भीड अस्वभाविक रुपमा बढेको छ । दशैंलगत्तै दैनिक हजार जनाले राहदानीका लागि आवेदन दिँदै आएकोमा सोमबार भने झण्डै ३ हजारले आवेदन दिएको विभागले जनाएको छ ।

राहदानी बनाउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयले १० जना कर्मचारी काजमा समेत खटाएको छ । अमेरिकाले सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नका लागि राहदानी अनिवार्य गरिएपछि राहदानी बनाउनेको भीड बढेको हो । गत असोज १५ गते खुलेको डीभी कार्यक्रम कात्तिक १९ गते सकिन्छ । विभागमा गत शुक्रबारदेखि राहदानी बनाउनेको भीड बाक्लो बनेको हो ।

डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि राहदानी बनाउनेको भीड बाक्लो छ। अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन प्रतितोला रु ८०० ले घट्यो
सुन प्रतितोला रु ८०० ले घट्यो
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
संखुवासभाः जिल्लाबाट  प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
संखुवासभाः जिल्लाबाट प्रमुख दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरे,
७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा?
७३ बर्षको उमेरमा जुल्याह छोरी पाउने आमा?
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
पूर्वराजाले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
नारायणकाजी श्रेष्ठ र कोमल वलीको विहेको हल्ला चलेपछि
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?