६ करोड ठगीमा पौडेल पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
६ करोड ठगीमा पौडेल पक्राउ

सारांश

  • महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
  • महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।
  • महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।

महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।

पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ प्रहरीको भनाई छ ।

पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको ६ करोड रुपैयाँ ठगी गरेको महाशाखाको दाबी छ । रासस

 

बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स


भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स ।

डाइटः सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको र चिल्लो खानेकुरा खाँदिनन्। रोटी, दही, तरकारी र सलाद उनको खानाको अंग हुन्। उनी शाकाहारी हुन् र ओखर र अनार पनिउनी धेरै खान्छिन्। उनी खाना खाएको तीन घन्टापछि मात्रै सुत्न जान्छिन्। उनी सकेसम्म साँझको साढे ७ बजेसम्म डिनर लिइसक्छिन् ।

फिटनेशः रेखा स्वस्थ रहन र शरीरको आकारलाई दुरुस्त राख्न दैनिक १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन्। उनी गार्डे्निङ, नृत्य गर्न मन पराउँछिन्। यसबाट शरीर पनि फिट हुने उनको विश्वास छ। फिटनेश रुटिनमा उनी योगा पनि गर्छिन्।

स्पाः दैनिक रुपमा स्पा जानु रेखाको नियमित रुटिन हो। उनलाइ अरोमाथेरापी र आयुर्वे्दिक मसाजको महत्व राम्रोसंग थाहा छ। त्यसैले उनी घरमा आफंैले मसाज र स्पा गर्छिन्।

असल निद्राः राम्रो स्वास्थ्यका लागि निद्रापनि आवश्यक छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने उनको बानी छ। यसले उनलाई दिनभर उर्जा दिन्छ।

कपालः कपालको महत्व राम्रोसंग बुझेकी रेखाले यसलाई राम्रो हेरविचार गर्छिन्। उनले दही, अण्डा र मह मिसाएर आफैंले होमप्याक बनाउछिन्। उनी सातामा केहीदिन नरिवलको तेलले पनि कपालको मसाज गर्छिन्। जसले उनको कपाललाई चमकदार र उज्यालो बनाइरहेको हुन्छ। उनी बाहिर बजारमा पाइने उत्पादनहरू सकेसम्म लगाउँदिनन् ।

छालाः रेखा मेकअप नउतारिकन सुत्दिनन्। उनी क्लिनसिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्छिन्। शरीर सुख्खा बन्न नदिन उनी दिनमा प्रशस्त मात्रामा पानी पिउछिन्। जसले शरीरको विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत पुग्छ र शरीरलाई ताजा र सक्रिय बनाउन सहयोग पु¥याउँछ।

आँखाः रेखाको आँखा बोल्ड, प्राकृतिक र अभिव्यक्त गर्ने खालको छ। उनी आँखालाई आकर्षक बनाउन चाहिँदो मात्रामा लाइनर र आइ स्याडो लगाउँछिन्। आँखीभौंलाई हल्का मस्कारा लगाउँछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
राष्ट्रपति पौडेलबाट पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति पौडेलबाट पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?