चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २८, २०७७
|
|
४१ पटक हेरिएको
Shares
चैतदेखि बन्द लाइसेन्स नविकरण आजदेखि सुरु

सारांश

  • गत चैतदेखि बन्द रहेको सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य आजदेखि सुरु भएको छ ।
  • यातायात व्यवस्था कार्यालय ललितपुरले गत बिहिबार सूचना जारी गर्दै आजदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको थियो ।
  • त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित रहने जनाएको छ ।

गत चैतदेखि बन्द रहेको सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य आजदेखि सुरु भएको छ । यातायात व्यवस्था कार्यालय ललितपुरले गत बिहिबार सूचना जारी गर्दै आजदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको थियो ।

त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित रहने जनाएको छ । त्यस्तै, कार्यालयले भदौ ८ गते जारी गरेको सूचना अनुसार बन्दाबन्दीका कारण नवीकरण गर्न नपाएकाहरुलाई भदौ मसान्तसम्म नवीकरण गर्दा लकडाउन र निषेधाज्ञाको अवधिमा लाइसेन्स म्याद सकिएकाहरुलाई जरीमाना नलाग्ने उल्लेख गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?