माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
१५
|
२१ पटक हेरिएको
Shares
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…

सारांश

  • काठमाडौँ, १७ बैशाख ।
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुकुम पुग्ने खबर पाएपछि मुसिकोट–२, रातामाटाकी कमला चन्दलाई कतिखेर उनलाई भेटौँ भन्ने लागिरह्यो ।
  • उनी एकपटक आठ वर्ष पहिलेको आफ्नो जीवनमा फर्किइन् ।

काठमाडौँ, १७ बैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुकुम पुग्ने खबर पाएपछि मुसिकोट–२, रातामाटाकी कमला चन्दलाई कतिखेर उनलाई भेटौँ भन्ने लागिरह्यो । उनी एकपटक आठ वर्ष पहिलेको आफ्नो जीवनमा फर्किइन् । सम्झिदै उनको शरीरमा काँडा उम्रियो ।

आज भन्दा झण्डै ९ वर्ष अघि अर्थात २०६६ साल भदौ २४ गते जतिबेला कमलालाई सुत्केरी व्यथाले च्यापेको थियो, उनी जिल्ला अस्पताल सल्लेमा भर्ना भइन् । अत्यधिक रक्तश्रावका कारण उनलाई जिल्लामा उपचार गर्न सक्ने अवस्था भएन । उनी मृत्युसँग पौठेजोरी खेलिरहेकी थिइन् । त्यतिबेला उनै नेपाल देशका प्रधानमन्त्री थिए ।

कमलालाई लाग्छ, माधव नेपाल नभएको भए उनी अहिले यो दुनियाँमा सायद हुने थिइनन् । किनकि, उनको उपचारमा संलग्न जिल्ला अस्पतालका चिकित्सकले बाहिर नलिए उनको ज्यान खतरामा रहेको बताइसकेका थिए । तत्काल जिल्ला बाहिर लिन न साधन थियो, न आर्थिक अवस्था । तर, उनको जीवनमा माधव नेपाल ‘भगवान’ बनेर प्रक्रट भए । त्यसैले उनी, नेता नेपाललाई बुवा मान्छिन् ।

प्रधानमन्त्रीको हैसियतले कामको सिलसिलामा सुदूरपश्चिम पुगेका नेपाल नेपालगञ्ज विमानस्थलमा आएको खबर पाएपछि एमाले नेता खेममान खड्काले चन्दको अवस्थाका बारेमा बताए । त्यसपछि नेपाल नेपाली सेनाको हेलिकप्टर लिएर रुकुम पुगे । अनि त्यही हेलिकप्टरमा राखेर कमलालाई काठमाडौँ पुर्‍याए । त्यतिबेला कमलाको ज्यान त बच्यो तर, बच्चा बाँच्न सकेन ।

कमलाले आफ्नो जीवनलाई पुनर्जन्म दिएका नेपाललाई भेट्न हतार हुनु स्वभाविकै हो । त्सैले उनी सोमबार बिहान हतार हतार एक छोरी र एक छोराको साथ नेता नेपालसँग भेट गर्न पुगिन् । उनीसँगै उभिएर फोटो पनि खिचिन् । रुकुम पुगेका नेपालले आफैले पनि कमलाको बारेमा चासो समेत राखेका थिए । उनको घरपरिवारको अवस्था बुझेका थिए । नेता नेपालले कमलाका चार वर्षका छोरा सकिन र ११ वर्षकी छोरी निरुतालाई पढाउने जिम्मा समेत लिएका छन् ।

कमलाका श्रीमान अहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार छन् । उनी त्यहाँ बिरामी परेका छन् । कमलाले आफ्नो श्रीमानको विषयमा बताएपछि नेता नेपालले उनको उद्धार र स्वास्थ्य उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि कमलाले चार वर्ष अघि काठमाडौँ पुगेरै नेता नेपाललाई भेटेकी थिइन् ।

९ वर्ष अघिको घटना सम्झिदै कमला भन्छिन्, ‘बुवाले ९नेपाल०ले मलाई नयाँ जीवन दिनुभयो, उहाँकै कारण मैले अर्को जीवन पाएँ ।’

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Prem Prasad Paudel

    Good job

    Comment Author

    Dhan Raj Chetry

    good

    Comment Author

    Coomal Sanzoo

    बधाई छ नेपाल ज्यु

    Comment Author

    Shishir Magar

    Kamala dd le ni bhaagyamaa lekher aako rahechhau

    Comment Author

    Kabita Regmi

    Great work

    Comment Author

    Buddhi Sagar Baral

    सुकुम्बासी जनताका सर्वहारा नेता… हिजो छाक टार्न पनि मुस्किल पर्ने नेता को अहिले हेलिकप्टर सयर.. ? कस्तो बिलासी जिवन ?

    Comment Author

    Binod Kumar Neupane

    good job

    Comment Author

    Radhakrishna Lal Deo

    Great heart always helps others

    Comment Author

    Raghunath Pokhrel

    Great work

    Comment Author

    Sanu Thapa Thapa Sanu

    Dhanebad

    Comment Author

    Sanu Thapa Thapa Sanu

    Netajiu

    Comment Author

    Rai Keshar

    Ho yestai yestai ramro kam gare neta harule syabasi ra jantako man jitinxa bhanne sochera harek garip dukhi ya josukai hosh yesari sewa diye jantako man dekhi dhannebat dinchan ra feri Arkou sajilo hunxa

    Comment Author

    Pradeep Chaudhary

    Yasko rako chore ne raicha

    Comment Author

    Dipak Ghale

    Good job neta ji

    Comment Author

    Prem Khadka

    काबाट अाउछ पैसा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?