डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गरेका छन् ।
- स्विटजरल्याण्डको डाभोसमा मंगलबार विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको बताएका हुन ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आव्हान गरेका छन् । स्विटजरल्याण्डको डाभोसमा मंगलबार विश्व आर्थिक मञ्चको ४९ औं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको बताएका हुन ।
प्रधानमन्त्री ओलीले ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै नेपालको सामाजिक, आर्थिक, रुपान्तरणका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए । उनले सरकारले वातावरण संरक्षण, दीगो विकास र जनतामा समर्पित भएर काम गरिरहेको उल्लेख गरे ।
सरकार भावी पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासको प्रयासमा लागि रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।्
इन्डोनेसियन प्राध्यापक मोरिक एल्का पेङ्गेस्टुले सहजीकरण गरेको सेसनमा बोल्दै प्रधानमन्त्री ओलीले छिमेकी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास निर्माणको मार्गमा नेपाल सरकार अग्रसर भएको बताए ।
प्रधानमन्त्रीले सम्बोधन गरेको ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सेसनमा भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रजुराम जी राजन, नर्वेका ब्रेक्के, अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाको सहभागिता थियो ।
मंगलबार शुरु भएको विश्व आर्थिक मञ्चको बैठक शुक्रबारसम्म चल्नेछ । प्रधानमन्त्री ओलीले डाभोसमा दुई वटा सेसनमा सम्बोधन गर्ने कार्यक्रमअनुसार पहिलो सम्बोधन गरिसकेका छन् भने दोस्रो सम्बोधन बुधबार गर्दैछन् ।
प्रतिक्रिया