ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)

सारांश

  • काठमाडाै, २१ कात्तिक।
  •   अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पटक पटक चर्चामा आउने अभनेत्री हुन् ।
  • कहिले ड्रेसको कारण त कहिले फिल्म अभिनय, कहिले पारिश्रमिकको कारण, साम्राज्ञी अनेक बहानामा मिडियामा छाइरहन्छिन् ।

यसअघि अष्ट्रेलियाको समुन्द्री तटमा खुलेकी साम्राज्ञीले त्यसपछि फिलिपिन्समा एक फिल्मको सुटिङको दौरान वक्षस्थलमुनी छोपेको ट्याटूको कारण विवादमा मुछिएकी थिइन् । यतिबेला काठमाडौंमा बढ्दो जाडोलाई च्यालेञ्ज गर्दै साम्राज्ञीले नयाँ केहि तश्विरहरु सार्वजनिक गरेकी छिन् ।

स्टिम स्विटमा उनले आफुलाइ निकै बोल्ड अबतारमा प्रस्तुत गरेकी छिन् । आफ्नो फेसबुक पेजमा निर्धक्क पोष्ट गरिएका उनका तश्विरहरुले चिसिँदो मौसमलाई मज्जाले च्यालेञ्ज गरेको छ । पछिल्लो पटक एक फिल्ममा १५ लाख पारिश्रमिक सहित साइन गरेको चर्चा गर्माउँदै गर्दा साम्राज्ञीको यो अबतारले नयाँ आयाम ल्याउने निश्चित छ ।नेपालगञ्ज स्थित होटल स्नेहाको स्विमिङ पूलमा उनले यी तस्विर खिचेकी थिइन् । मस्ती मूडमा होलिडे इन्जोइ गर्न राजधानी बाहिर निस्केकी साम्राज्ञीले तश्विर खिचाएको होटल उनका ब्वाइफ्रेण्ड देवांक्ष राणा कै हो । साम्राज्ञीका पछिल्ला ब्वाइफ्रेण्ड उधोग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?