एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपाललाई दाेस्राे झट्का कप्तान पारस पनि पवेलियन तर्फ !

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई दाेस्राे झट्का लागेकाे छ ।
  • नेपालका कप्तान पारस खड्का व्यक्तिगत १६ रन बनाएर अाउट भएका छन् ।

काठमाडौँ, १४ भदौ । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई दाेस्राे झट्का लागेकाे छ । नेपालका कप्तान पारस खड्का व्यक्तिगत १६ रन बनाएर अाउट भएका छन् ।

नेपालका प्राम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पहिलो ओभर मै आउट भएपछि नेपालले लय गुमाएकाे थियाे । ज्ञानेन्द्रले व्याक्तिगत ४ रन बनाएर क्याच आउट हुन पुगेका थिए ।

  निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।
पारसकाे ठाउँमा सागर पुन ब्याटिङ्मा अाएका छन् ।

पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ । जितका लागि नेपाललाई हरेक ओभरमा साढे ५ को औसतमा रन बनाउनु पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?