डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र

सारांश

  • श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा !
  • अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं ।
  • त्यो समयमा अनेक हल्ला चले ।

श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !

अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि … । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाइ त्यतिबेला लागेको थियो – तपाइंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत ( ? ) उजागर हुन्छ ।

यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईं सर्जरी / केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, बिमानस्थलबाट तपाईं एम्बुलेन्समा सुतेर अस्पताल जानुपर्यो । तपाइँ अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न बिबश भयौं ।

डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा चम्किलो तारा हो । उ डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर हो । शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठान, न्युरो अस्पताल लगायत उपलब्धिको जननी पनि हो । उ स्वतन्त्र पंक्षी हो, त्यसैले सुनको पिंजडामा नअटाएको तालचरा हो । उ हामी सबैको अनुकरण एबम इर्श्याको पात्र पनि हो ।

हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै ..हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा ? भगवान राम, कृष्ण लगायत देवता समेत मृतुन्जयी बन्न सकेनन । मृत्यु अनपेक्षित, चामत्कारिक एबम सर्वाधिक पीडादायी सत्य हो । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाइंको मृत्यु हुनसक्थ्यो । त्यसो भएको भए तपाइंलाई आफुले मृत्युबरण गर्दै गरेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यबहार मिलाउन नपाएको पारिवारिक पीडा छैन… ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौँ उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।

श्रद्धेय डाक्टरसाहेब । आफुलाई म मर्दैछु भन्ने कहियै नसोंच्नुहोला । हामी जो कोहि पनि मर्दैछौँ । आफुले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण र सार्थक जीवन बाँचेको मान्छेको लागि आँशु उपयुक्त बिम्ब होइन । तपाई ६३ बर्षको उमेरमा पनि सय बर्षको अनुभव लिन सक्नुभयो, सय बर्षको योगदान दिन सक्नुभयो – यो नै तपाइंको दिर्घायु हो । तपाई यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको बिकल्प थिएन । तर तपाईंलाई बिकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।
यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईबर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एकबर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ बर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानिको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्रि गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।

तसर्थ एक रति पनि हार नखानुहोला । आफुले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एबम त्यो अद्भुत क्षमताको रहश्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ, यहाँलाई । गन्तब्यको सिमा भएको अवस्थामा लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।

३० बर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट, ४३ बर्षको अल्पायुमा निधन भएका भैरब अर्याल, ४२ बर्षमा निधन भएका मदन भण्डारी वा कलिलो उमेरमा क्यान्सर भएर पनि राजनीति तथा साहित्यमा क्यान्सरको छायाँ पर्न नदिएका बिपी कोइराला …उहाँहरु जीवितै हुनुहुन्छ त !
तपाईं अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस, एकपटक रारा ताल पुग्नुहोस, सगरमाथाको बेसक्याम्प पुग्नुहोस अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस । आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदि प्रकृतिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन । त्यो सम्भब छ । कुनै पनि कुरा बिकल्पबिहिन हुँदैन भने बिकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई सारौँको पित्तले पो निर्मुल गर्छ कि ? प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईलाई नबचाउनुको कुनै कारण छैन । यो भूमि पातपातमा अमृत रस भएको भूमि हो अनि तन्त्र, मन्त्र, पुजा, तीर्थाटन, भजनजस्ता अनेकौं दैवी चमत्कार भएको भूमि हो । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघिं हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।

अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाइंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस् , हिड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफुलाई समर्पित गर्नुहोस । जहाँ बिश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धोप्रेम भए झैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।

तपाइंलाई आफ्नो आयुको २० बर्ष उमेर दिन तयार प्रशंशक
रवीन्द्र समीर 
लेखक / जनस्वास्थ्य बिज्ञ

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sitaram

    एति राम्रो लेख लेखेर आत्मा बल बढाउने काम गर्नु भएकोमा धेरै धन्नेबाद

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
नक्कली भुटानी शरणार्थी प्रकरण : एक दर्जन बढी व्यक्ति प्रहरीको निगरानीमा
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन
शैक्षिक प्रमाण पत्र राखेर ऋण: मापदण्ड बनाउने नाममा अलमल
शैक्षिक प्रमाण पत्र राखेर ऋण: मापदण्ड बनाउने नाममा अलमल
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’
‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’
देउवा भन्छन् – पार्टीमा एकता नचाहने पराजित भए
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
सरकारले वार्ता कोसँग गर्ने : डा. केसीसँग कि देउवासँग ?
Pin Up 306 casino giriş qeydiyyat, bonuslar, yukle Бухгалтерские услуги в Моск LEONG JIN SPECIAL STEEL THAILAND CO ,LT
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !

तपाईंले छुटाउनुभयो कि?