मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या

सारांश

  • काठमाडौं, २९ कार्तिक।
  • मकवानपुरको मनहरीमा एक युवकले खुकुरी प्रहार गरी तीन जनाको हत्या गरेको छ।
  •  मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौना, सामिलडाँडामा मंगलबार साँझ सुमन बराईलीले खुकुरी प्रहार गरी तीन छिमेकीको हत्या गरेका हुन् ।

काठमाडौं, २९ कार्तिक। मकवानपुरको मनहरीमा एक युवकले खुकुरी प्रहार गरी तीन जनाको हत्या गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौना, सामिलडाँडामा मंगलबार साँझ सुमन बराईलीले खुकुरी प्रहार गरी तीन छिमेकीको हत्या गरेका हुन् ।

बराइलीको आक्रमणबाट मृत्यु हुनेमा ५२ वर्षिय सिताराम धिताल, १६ वर्षिय सुदन धिताल र ६५ वर्षिय जीतबहादुर ब्लोन रहेको प्रहरीले जनाएको छ। सिताराम र सुदन बाबु–छोरा हुन्। मृतकहरु र हत्या आरोपी बराईली छिमेकी हुन्।

श्रीमतीसँग झगडा गरि घरबाहिर निस्केका बराईलीले घरमै बसीरहेकाहरुलाई एक्कासी खुकुरी आक्रमण गरेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुखले बताएका छन्। मजदुरी गर्ने बराईलीले रक्सी पिएपछि दाजुसँग पैसा लेनदेनको बिषयमा र श्रीमतीसँग पनि झगडा गर्ने गरेका थिए। दुई छोराका बावु उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

सिताराम धितालको मनहरीस्थित प्राथमिक स्वास्थ्य चौकी लैजानासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। त्यस्तै सुदन र जीतबहादुरको उपचारका क्रममा भरतपुर अस्पताल पुर्‍याएपछि मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

हत्याका घटना देखेपछि अचेत भएकी सुमन बराईलीकी श्रीमतीपनि उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?