डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
सारांश
- काठमाडौं, ९ साउन ।
- डा.
- गोविन्द केसीका अधिकांश मागहरुलाई सरकारले सकारात्मक रुपमा लिँदै सम्बोधन गर्ने दिशातर्फ गइरहेको अवस्थामा नेपाली कांग्रेस र विवेकशील साझाको उक्साहटमा वार्ता भाँडिएको छ ।
काठमाडौं, ९ साउन । डा. गोविन्द केसीका अधिकांश मागहरुलाई सरकारले सकारात्मक रुपमा लिँदै सम्बोधन गर्ने दिशातर्फ गइरहेको अवस्थामा नेपाली कांग्रेस र विवेकशील साझाको उक्साहटमा वार्ता भाँडिएको छ । तत्काल लालमोहर सरह पारित गर्नुपर्ने अव्यबहारिक तथा बिधि प्रक्रिया बिपरीतको मागका कारण संसदमा पेश भइसकेको बिधेयक तथा स्वयं डा. गोबिन्द केसीका मुद्दाहरु अन्यौलमा परेका छन् ।
डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्तामा कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेको बताइएको छ । हिजो केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । हिजोको वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बसेको थियो । सरकारसँग भएको सहमति नमान्ने निष्कर्ष उनीहरुले हिजै निकालेका थिए । आजको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षत्री र अभिषेक सिंह लचिलो रुपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिकेका थिए ।
सरकारका तर्फबाट ७ बुँदे सहमति अनुरुप संसदमा सरकारले प्रस्तुत गरेको विधेयक संसदमा गइसकेकाले सहमति अनुरुपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो । विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्तावमार्फत केसीका माग अघि बढाउन विवेकशील साझाका प्रतिनिधिहरु सहमत भएका थिएनन् । संसदको प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसदले पास गर्ने दस्तावेजमा सही गर्नुपर्ने जिद्धी उनीहरुले गरेका थिए । संसदलाई पनि डिक्टेट गर्नुपर्ने प्रस्ताव साझा विवेकशीलका तर्फबाट आएपछि वार्ता भाँडिएको थियो ।
Gobinda Neupane
मेडिकल माफियाका दलाल हरुले आम गरिब नेपाली हरुका मसिहा डाक्टर के सि मार्ला सबै नेपाली हरु होसियार ।।।
Ram Kumar Shrestha
Dr lai tala mathi pare cong le dosh linu parcha
Krishna Thakuri
के सीलाई मागी खाने भाडाे बनाएपछि बार्ता त भादिने नै भयो नत्र यत्रो दु ख गरेर बनाएको योजना फेल भए सबै खेल खतम
Shivanath Maharjan
Baithak Prasai ji ko Ghar ma baseko bhaya safal hunthyo hola sayad??
Shivanath Maharjan
Bibeksil Ra Congress Lai kina rakhnu pareko ho, yo kura bhujiyana??? Next baithka ma boycott garnu parchha Dubai party Lai.
Kuber Pariyar
डा केसि लाई मार्न चाहन्छ बिबिकसिल र काग्रेसी हरुले
Indra DC
एमाले हुन पापि अप्राधि हरू माग पूरा गर्दे त सब खतम भैहाल्छ नि माग जाएज छ किन हटबढाउनु पर्यो र ।
Kuber Pariyar
तर्क गर्दा अलि तत्थे लाई बुझेर तर्क गर्दा राम्रो होला कि
Kamal Paudel
पीत पत्रकारिता , माफियाको हुन्डिमा जिविका चलाउन पल्केका द्रव्यपिचास ।
Hari Bashyal
वुढा ऊठेर काममा जाऊ सरकारि जागिर खायर नटक नगर ।
उज्वल खरेल
कठै मेरा बिधान देश बसि??
Magar Janak
थुक्क
Giddi Habs
यी दलाल कङ्रेस्सी हरु को कुन्ठा पोखाइ धेरै हुन थाल्यो,अब यिनर्को उपचार नगरी नहुने भो
Limbu Man
अर्को दात पनि जाला हाइ कम्रेड
Tanka Giri
देशमा आगो बाल्ने भन्दैछन श्रीमान हरुले अनि कहाँ बार्ता सफल हुन दिन्छन त
Suman Khanal
Congress rw bibeksil le marne vae KC lai
Parashu Oli
अबिबेक्सअबिबेकसिल पार्टी होकि?
Indra DC
छिटो बार्ता गरे हुन्थ्यो उहाँ को ज्यान खतम भैसक्यो बिचरा
Limbu Man
कम्युनिस्ट हरुको मुल मन्त्र नै हो नि अरुले गर्न दिएनन भन्ने त ! बुदा नम्बर ७ के सि को पुरानो मुल एजेण्डा नै हो सर्खार्ले पूरा गर्न नसक्ने अनि किन अरुलाइ दोस?
Abiskar Shrestha
यो सजिलो संग समाधान हुन काहां दिन्छन घुसपैठ र चलखेलले जरो गाडेको छ । यसरी दुई पक्षको टोली भन्दा डा. के.सि. र माथेमा सर एक पक्षमा प्र.म. र सुबास नेम्वाड्ग सरकारको पक्षमा बसेर समाधान गरेमा अलि छिटो होला
Buddhi Sagar Baral
ओलिका चाटुकारको कुतर्क
Karma Budha
डाक्टर गाेबिन्द केसी काे मागलाई कुतर्क गर्ने साथीहरू वास्तव मा टागांकाे घाेडा जस्ता हुन जस्तो लाग्छ, केपी ले जित्नै पर्ने, याे के कुरा बुझाै भने मित्रहरू माग सबै गरिव जनताका निमित्त १००% जायज छन्, यसकाे सम्वाेधनका लागि सबैले अा अाफ्नाे क्षेत्र बाट सहयाेग गर्नु पर्छ जस्तो लाग्छ मलाई , पहिला हामी नेपाली हाै त्यस पछि पार्टीका नेता कार्यकर्ता हाै , मागहरू काे सम्वाेधन गर्नु पर्छ, सरकार अभिभावक हाे, सम्वाेधन गर्दै मा हारजित हाेईन दुवै पक्षकाे जित हुन्छ जनताकाे जित हुन्छ ।