राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
सारांश
- काठमाडौं, ९ माघ ।
- राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए ।
- मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘राज्यस्तरको सम्बन्ध भन्दापनि आपसी सम्बन्ध, खासगरी जनस्तरको सम्बन्ध जो छ, यो अति विशिष्ट छ, रगतस्तरको सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ।
काठमाडौं, ९ माघ । राष्ट्रिय जनता पार्टीका महामन्त्री मनिष सुमनले नेपाल–भारत सम्बन्ध सदियौंदेखि विशिष्ट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘राज्यस्तरको सम्बन्ध भन्दापनि आपसी सम्बन्ध, खासगरी जनस्तरको सम्बन्ध जो छ, यो अति विशिष्ट छ, रगतस्तरको सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ।’ उनले २२ लाख नेपाली चेलीहरु भारतीयसँग र २६ लाख भारतीय चेलीहरु नेपालीसँग वैवाहिक सम्बन्धमा बाँधिएको समेत जनाए ।
यद्धपी नेता सुमनले स्वाभिमानको नाममा र राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने काम भैरहेको भन्दै त्यसमा दुःख व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्ध दुई देशीय सम्बन्ध भन्दापनि जनस्तरको सम्बन्ध भएकोले अन्योन्याश्रित सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने,‘त्यसैले राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अब अन्त्य गर्नुपर्छ।’
आजको भारत आर्थिक विकासको दृष्टिकोणले द्रुततर गतिमा समृद्धिको यात्रामा लम्किरहेकोले नेपालले पनि भारतबाट सोही अनुसारको आर्थिक लाभ लिन सक्नुपर्नेमा नेता सुमनले जोड दिए ।
उनले आगामी दिनमा पनि अहिलेजस्त्तै अटुट सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै ६९ औं भारतीय गणतन्त्र दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिए ।
Narbahadur Gharti
त जस्तोले त गर्ने कुरै भएन किन भने उनीहरुकै पैसा खाएर राजनितिक को नाममा ब्यापार गर्न पाएको छ अनी नोकरले मालिकलाई गाली गर्न त कुरै आउदैन नी ?
Himal Sherpali
भारतलाई गाली गरेको होईन, भारतले नेपाल माथी गर्दै आएको जाजतीको आवाज उठाको मात्र हो । र अर्को कुरो नेपालमा राजनीति गर्न लाई भारतको समर्थन गर्न्, भारतिय एगेन्डा उठाउने होईन नेपाल र नेपालीका राष्ट्रिय मुद्दा मात्र उठाए पुग्छ । चोर भारितिय दलालहरु ।
Pokharel Raj
हैन त खाते भारतिय बिहारी दलाल लाई कति चित्त दुखेको हो के आम नेपाली ले बिरोध गर्दा ?????? नेपाल मा बस्ने अनि नेपाली जनता कै बिरोध गर्ने ??? agent is agent never be a citizen .
Mahendra Thakuri
सहि,,कुरा,,हो
Tiljapun Magar
के बोलेका होलान यस्ता त हाम्रा नेता छन थिचो मिचो सहेर बस मुख त खोल्दै नखोल के भन्नु खोज्नु भा होला ?