कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
कालीगण्डकी कोरिडोरमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य !

सारांश

  • नवलपरासी, ३०।
  • पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
  • वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हँुदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् ।

नवलपरासी, ३०। पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हँुदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य भएका हुन् । दुई तीन पटक पहिरो हटाई सके पनि वर्षाकै कारण सडक बिग्रिँदा जोखिमपूर्ण यात्राको विकल्प नभएको बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए । सडक बिग्रिएकै कारण पहाडी क्षेत्रबाट आकस्मिक अवस्थाका बिरामीलाई राम्रो उपचारका लागि राजमार्गसम्म आउनुपर्ने अवस्थामा पनि निकै असहज हुने अवस्था छ । यसैगरी सडक बिग्रिएकै कारण पर्याप्त मात्रामा पहाडी क्षेत्रमा खाद्यान्न ढुवानीमा समेत समस्या देखा परेको छ ।

पहाडी क्षेत्रको दलदले–बुलिङटार सडकखण्डअन्तर्गत रतनपुर, कोटथर, डाडाँझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, डेढगाउँ, धौबादी, मैनाघाट, हुप्सेकोटलगायतका पहाडी क्षेत्रमा अविरल वर्षापछि सडक बिग्रिएका छन् । यसैगरी कालीगण्डकी कोरिडोरअन्तर्गतको पहाडी क्षेत्रका विभिन्न स्थानमा सडक बिग्रिएका छन् । पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएकै कारण पहाडी क्षेत्रका यात्रा निकै जोखिमपूर्ण र कष्टकर बन्ने गरेको पाइन्छ । कालीण्डकी कोरिडोर मुख्य स्थान गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना तरङ्गखोला सिमाना बिग्रिएको छ । यसबाहेक अन्य धैरे स्थानमा सडक बिग्रिएको छ ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्र जाने सडकखण्ड दलदले–बुलिङ्टार र कालीगण्डकी कोरिडोर सडकखण्ड गरी दुई वटामात्र वैकल्पिक सडक मार्ग हुन् । जुन अधिकांश सडक पक्की नहुँदा वर्षाको समयमा सडक बिग्रिने हुँदा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य हुने गरेको अवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन
मन्त्री ज्वालाद्वारा कार्यसम्पादन परिणाममुखी बनाउन निर्देशन
पर्सामा सात हजार करदाता थपिए
पर्सामा सात हजार करदाता थपिए
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट
प्रधानमन्त्रीले विधेयक फिर्ता लिनुभएन भने हामी नयाँ सरकार बनाउँछौँ : गोकर्ण विष्ट
८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष
८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष
भारतमा भोलीदेखि लकडाउन खुल्ने
भारतमा भोलीदेखि लकडाउन खुल्ने
(नेकपा) का यि संगठनहरू एकीकृत हुदै
(नेकपा) का यि संगठनहरू एकीकृत हुदै
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !