बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४४ पटक हेरिएको
Shares
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने

सारांश

  • सत्तारुढ दल समाजवादी पार्टीको आजबाट संघीय परिषद बैठक सुरु भएको छ ।
  • बैठकमा संघीय परिषद अध्यक्ष डा.
  • बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन् ।

सत्तारुढ दल समाजवादी पार्टीको आजबाट संघीय परिषद बैठक सुरु भएको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन् । तर, पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा छैनन् ।

भट्टराईका विश्वासिला नेताको रुपमा परिचित समाजवादी पार्टीका नेता गंगा श्रेष्ठका अनुसार बाबुराम र उपेन्द्रबीच पछिल्लो समय सरकारमा बसिरहने वा छोड्ने भन्ने विषयमा मतभेद छ । बाबुरामले पार्टी जति लामो समय सरकारमा बस्छ, त्यतिनै ठूलो क्षति व्यहोर्नुपर्ने खतरा औंल्याएका छन् ।

सरकारबाट बाहिरिन विलम्ब गर्न नहुने भट्टराईको अडान विहिबारकोे बैठकमा पनि प्रस्तुत भएको छ । तर, यादवले अहिले सरकारबाट हट्न नहुने आफ्नो पूर्ववर्ती अडान दोहोर्याएका छन् । अधिकांश केन्द्रिय सदस्यहरु सरकारबाट बाहिरिनुपर्ने पक्षमा उभिएका छन् । यादव अहिले अल्पमतमा परेका छन् ।

आजबाट केन्द्रिय कार्यसमिति बैठक बस्दैछ । उक्त बैठकमा सरकार छोड्नेबारे् निर्णय हुनसक्ने एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् । संविधान संशोधन गर्ने मूल एजेण्डासहित सरकारमा गएको पार्टी उद्देश्यविपरित अन्यत्र अलमलिएको पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरुको गुनासो छ । यादवले मधेशी जनताको भावनामाथि खेलबाड गरेको समाजवादी पार्टीकै कार्यकर्ताहरुको आरोप छ ।

संविधान संशोधन त परै जाओस, मधेश आन्दोलनका घाईते तथा अपांगहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोग समेत नगरेको यादवमाथि आरोप लाग्दै आएको छ । बाबुरामले यादवले सरकारबाट फिर्ता हुने निर्णय नगरे पार्टी फुटाएर भएपनि अघि बढ्ने सोच बनाएको उनीनिकट उच्च स्रोतको दाबी छ ।

भट्टराईद्धारा बिहिबार सार्वजनिक समाजवादी पार्टी निर्माण र आगामी कार्यभार शिर्षकको राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरी सरकार छाड्ने उल्लेख छ । प्रतिवेदनमा सरकारमा समाजवादी पार्टी सहभागी भएपनि प्रदेश प्रमुखहरु हटाउँदा एकलौटी निर्णय लिइएको भन्दै असन्तुष्टि जनाइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया नबढाएमा सरकारबाट बर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्नेछ ।’

प्रतिवेदनमा संविधान संशोधनका लागि जनसंघर्षको विकासमा समेत जोड दिइएको छ । यसबाट उसले सरकार छाडेर सडकमा जाने रणनीति लिएको संकेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिक विश्वविद्यालयमा आतंककारी आक्रमणमा ५ जनाको मृत्यु
सैनिक विश्वविद्यालयमा आतंककारी आक्रमणमा ५ जनाको मृत्यु
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा
देउसी–भैलोबाट उठडेको रकमबाट सिसी क्यामरा
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
‘५ वर्षसम्म कुनै कर नलिने’
१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा
१७ बर्षपछि फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा