डा केसी फेरि अनशनमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
डा केसी फेरि अनशनमा

सारांश

  • काठमाडौँ, ९ असोज  ः त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह ९अनशन० शुरु गर्नुभएको छ ।
  • महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो ।
  • सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गर्नुभएको हो ।

काठमाडौँ, ९ असोज  ः त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह ९अनशन० शुरु गर्नुभएको छ ।

महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गर्नुभएको हो । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो ।

उहाँका मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउँँदै आउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
हामी मान्छे कतै हराएका छौ…
हामी मान्छे कतै हराएका छौ…
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
नक्कली भूटानी शरणार्थी प्रकरण  : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम
आजदेखि २० वर्ष पूराना गाडी चलाएमा लिलाम
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि
साउन ६ गते सोमबारको राशीफल यस्तो छ, साथमा साप्ताहिक राशीफल पनि
सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की
आज राष्ट्रपतिको चुनाव, विद्या र लक्ष्मी भिड्दै, ६ जनाले भोट नदिने,