विश्व कीर्तिमानको तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विश्व कीर्तिमानको तयारी पूरा

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।
  • केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, १० भदौ ।सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ ।केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहनुभएका न्यू माइण्ड्स एकेडेमिका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भएसम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न उहाँले आह्वान गर्नुभएको छ ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थाल्नुभएको हो ।शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनुभएको छ ।

आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधा समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौँको जोरपाटीलाई कर्मथलो बनाउनुभएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भएको थियो । तर त्यसलाई प्रमाणीकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख ९रेकर्ड० गिनिज वल्र्ड रेकर्डस्मा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए
कर्णाली प्रदेशमा १ सय १४ कुष्ठरोगी भेटिए
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
श्रीमतीको अनुमति बिना बहुविवाह गर्दा जेलसजाय
श्रीमतीको अनुमति बिना बहुविवाह गर्दा जेलसजाय
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा

तपाईंले छुटाउनुभयो कि?