डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
सारांश
- काठमाडौं, २३ असार ।
- जुम्लामा अनसनरत डा.
- गोविन्द केसीको पक्षमा आज राजधानीसहित मुलुकका पाँच शहरमा प्रदर्शन हुँदैछ ।
काठमाडौं, २३ असार । जुम्लामा अनसनरत डा. गोविन्द केसीको पक्षमा आज राजधानीसहित मुलुकका पाँच शहरमा प्रदर्शन हुँदैछ । विभिन्न जिल्लामा स्वतस्फूर्तरुपमा डा. केसीको पक्षमा कार्यक्रम हुन थालेको बताइएको छ ।
“म त जाँदैछु । नेता त दिल्ली, सिंगापुर गइहाल्छन् । तपाईं÷हामीलाई न हो यहाँको स्वास्थ्य सेवा चाहिने” भन्दै मुलुकका पाँच शहरमा कार्यक्रम राखिएका छन् । यसक्रममा उपत्यकामा माइतीघर मण्डलामा १२ बजे, पोखराको पृथ्वीचोकमा १२ बजे, बुटवलको पुष्पलालपार्कमा १२ बजे, इटहरीको इटहरीचोकमा दिउँसो २ बजे र बिर्तामोडमा मुक्तिचोकमा १२ बजे कार्यक्रम भएका छन् । २ बजे हुने कार्यक्रमहरु पनि हुने तरखरमा रहेको बताइएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prabina Ghale
माग के हो प्ररष्ट मन खोलेर भन्नु शकोश बाटो बाटो शुतेर फाईदा छैन
Prabina Ghale
बाटो बाटो सुतेर माग पुरा होलात ! बिस्व सामु चाहाना बेक्त गर्नु शकुन