सिञ्जाली पुरुष धन कमाउन ‘कालापहाड’तिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सिञ्जाली पुरुष धन कमाउन ‘कालापहाड’तिर

सारांश

  • सिञ्जा, २ पुस , यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् ।
  • पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ ।
  • जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् ।

सिञ्जा, २ पुस , यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ ।

जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् ।

कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पूरै गाउँको रातदिन रेखदेख गर्नुपर्ने स्थानीय जयलक्ष्मी बुढा बताउनुहुन्छ । गाउँका महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा सङ्कलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका अन्य महिलाले सिङ्गो गाउँनै रेखदेख गर्ने गरेको रामलक्ष्मी रोकायाले बताउनुभयो ।

“पुरुष कालापहाड गएपछि गाउँ शून्य छ, कोही मर्दा मलामी जाने र आवश्यक पर्दा पछाडी हिँड्ने लोग्नेमान्छे छैन”, उहाँले भन्नुभयो, “जिल्लामा हिंसाका घटना बढिरहेका छन् । यो बेला हाम्रो गाउँमा कुनै अप्रिय घटना नघटोस् भनेर हामी आफैँ गाउँ कुर्न थालेका हौँ ।”

महिलाकै अगुवाइमा कोइरेली गाउँ मानव अधिकारमैत्री बनेको छ भने छाउपडी, बालविवाह, मद्यपान र धूमपानमुक्त समाज घोषणा भइसकेको छ । सिञ्जा गाउँपालिका– २ मा पर्ने ३८ घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकाम भन्दा ४० कोष टाढा पर्छ ।

गरीबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने सोचाइ यस गाउँका पुरुषमा छ । गाउँका पुरुषमध्ये एक युवक नेपाली सेनामा कार्यरत छन् भने अन्य सबै युवा बेरोजगार छन् । मङ्सिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् ।

यसरी पुरुष एकमुष्ट कालापहाड निस्किने कोइरेली जिल्लाको प्रतिनिधि गाउँ मात्रै हो, तर सिञ्जा क्षेत्रका अधिकांश गाउँमा यतिखेर पुरुषको शून्यता छ । सिञ्जा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुष मङ्सिरदेखि चैत महीनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् ।

यो समय जुम्लामा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् । हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग यकिन तथ्याङ्क नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर
अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर
विप्लवका कार्यकर्ता पक्राउ
विप्लवका कार्यकर्ता पक्राउ
राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन
राष्ट्रिय सुरक्षा नीति संशोधनका लागि प्रस्ताव तयारी गर्न समिति गठन
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी गराउन जोड
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
न्याय बलियो भए मात्र विकास हुन्छ – प्रधानन्यायाधीश पराजुली
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त
कांग्रेस बैठकमा आज ३४ जना केन्द्रीय सदस्यको धारणा व्यक्त

तपाईंले छुटाउनुभयो कि?