रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
सारांश
- बुटवल भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
- लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको छ ।
- बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको छ ।
बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रण गुमाएर सडकमा पल्टिएको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया