डा गोविन्द केसीलाई कैदी सरह राखीयाे: नेपाल चिकित्सक संघ
सारांश
- काठमाडौं, १८ असार ।
- नेपाल चिकित्सक संघले अनसनरत प्रा डा गोविन्द केसीलाई कैदी सरह राखीएकोप्रति आपत्ती जनाएकाे छ ।
- संघले साेमबार जारी गरेको विज्ञप्तिमा स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएकोप्रति घोर आपत्ती प्रकट गरेको हाे।
काठमाडौं, १८ असार । नेपाल चिकित्सक संघले अनसनरत प्रा डा गोविन्द केसीलाई कैदी सरह राखीएकोप्रति आपत्ती जनाएकाे छ ।
संघले साेमबार जारी गरेको विज्ञप्तिमा स्थानीय कबड हलमा केसीलाई कैदी सरह राखीएकोप्रति घोर आपत्ती प्रकट गरेको हाे।
सम्बद्ध चिकित्सकहरुबाट अस्पतालमा लगी उपचार गराउनका लागि गरिएको आग्रह र सुझाबलाई समेत बेवास्ता गरिएकोले जीवन रक्षाका लागि उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत संघले सरकार समक्ष माग गरेको छ ।
जीवन रक्षार्थ नेपाल चिकित्सक संघ कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता समेत जाहेर गरेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Suresh Marahatta
Ansan ko pani had hun6