बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७९
|
|
१८ पटक हेरिएको
Shares
बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची

सारांश

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
  • नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।
  • सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ ।

सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।

स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?